मकवानपुरमा शुक्रबार मात्रै ४३२ जना कोरोना संक्रमित थपिए

संवाददाता
१५ श्रावण २०७८, शुक्रबार १७:००

खबरबाकस \ मकवानपुरमा शुक्रबार मात्रै ४ सय ३२ जना कोरोना संक्रमित थपिएका छन । १ हजार १ सय ४५ जनाको स्वाव परिक्षण गर्दा ४ सय ३२ जनामा कोरोना पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौँलागाईले बताएका छन । पिसिआर १ सय ३० जनामा ६६ जना र एन्टिजेनबाट १ हजार १५ जनामा ३ सय ६६ जना कोरोना सक्रमण देखिएको हो ।

सक्रमितहरु मध्ये भिमफेदी कारागारका ३ सय ५५ जना कैदीहरुमा संक्रमण पुष्टि भएको भिमफेदी गाँउपालीकाका स्वस्थ्य प्रमुख रामनाम थिगले बताउनुभयो । कारागारका ९ सय ७७ जना कैदीहरुमा गरीएको एन्टिजेन परिक्षणबाट ३ सय ५५ जनामा संक्रमण पुष्टि भएको थिगले जानकारी दिनु भयो । यो संगै जिल्लामा सकृय कोरोना सक्रमितको संख्या ९ सय ७६ जना रहेकाछन भने गएको २४ घण्टामा १ जनाको ज्यान गएको र ६३ जना डिसचार्ज भएर घर फर्केको चौलागाईले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*