बालगृहका २० बालबालिकामा कोरोना पुष्टि

संवाददाता
१५ श्रावण २०७८, शुक्रबार १६:५२

 खबरबाकस \ मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ मा रहेकोे नेपाल बाल संगठन अन्तरगत रहेको भीमफेदी बालगृहका २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको एन्टिजेन परिक्षणबाट २२ जनामा कोरोना पुष्टिभएको हो ।

बाल गृहमा रहेका कर्मचारी र बालबालिकामा गरिएको एन्टिजेन परीक्षणमा २ जना कर्मचारी र २० जना बालबालिका गरि २२ जनामा पोजेटिभ देखिएको भीमफेदीका स्वास्थ्य संयोजक रामनाम थिङले बताउनुभयो । कोरोना पुष्टि भएकाहरुलाई अहिले छुट्टै स्थानमा स्थान्तरण गरिएको जनाइएको छ ।

विहीबार मात्रै बालगृह नजिक रहेको भीमफेदी कारागारका ३५५ कैदीबन्दीलाई कोरोना पुष्टि भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*