हेटौंडामा आयुरर्वेद स्वास्थ्य केन्द्रको फार्मेसी सञ्चालन

संवाददाता
१५ श्रावण २०७८, शुक्रबार ११:४९

 खबरबाकस \  जिल्ला आयुरर्वेद स्वास्थ्य केन्द्र मकवानपुरले शुक्रबारबाट आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ ।

नगरपालिका रोडमा स्थापना गरिएको फार्मेसीको बागमती प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले उद्घाटन् गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले प्रदेश सरकारले आयुरर्वेदलाई हेर्ने दृष्टीकोणमा पनि परिवर्तन रहेको बताउदैं फार्मेसी सञ्चालन मात्रै नभई आयुरर्वेद औषधी उत्पादन पनि थालिएको बताउनुभयो । प्रदेश सरकारले प्रदेशका चारवटा जिल्लामा आयुरर्वेद अस्पतालका भवन निर्माण सुरु गर्न लागिएको मन्त्री बस्नेतले बताउनुभयो ।

प्रदेश सरकार आयुरर्वेद औषधालयको साथमा रहेको भन्दै उहाँले कुनैपनि समस्या आइहालेमा समाधान पनि गरिनेछ सोही अनुरुप प्रदेशका जिल्लामा आयुरर्वेद औषधालयमा पाएका जिम्मेवारी पुरा गर्न सबैलाई निर्देशन दिनुभएको छ ।

कार्यक्रममा संविधानसभाका सदस्य अनन्त पौडेल, प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठ, प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. एमुना कडेल, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. पुरुषोत्तम सेढाई, औषधालयका अध्यक्ष मधु बजगाई क्षेत्री, औषधालयका प्रमुख डाक्टर सृष्टी श्रेष्ठ लगायतकाको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*