मकवानपुरगढीकी तुलसीमायाको शव फेला

संवाददाता
१४ श्रावण २०७८, बिहीबार १६:४४

मकवानपुरगढी गाउँपालिकाको सामरी खोलाको किनारमा एक जना महिलाको शव फेला परेको छ ।

मकवानपुरगढी गाउँपालिका वडा नम्वर–४ स्थित सामरी खोलाको किनारमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त शव मकवानपुरगढी गाउँपालिका वडा नम्वर ६ निवासी ४२ बर्षीया तुलसी माया घलानको रहेको प्रहरीले जनाएको छ ।

बुधबार साँझ दूध बेचेर घर फर्किने क्रममा उनलाई सामरी खोलामा आएको भेलले बगाएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*