लियो क्लबले संयुक्त रुपमा खाद्यान्न बितरण

संवाददाता
७ श्रावण २०७८, बिहीबार ०८:५४

हेटौंडा \  हेटौंडामा रहेका विभिन्न लियो क्लबले संयुक्त रुपमा खाद्यान्न बितरण गरेका छन।  लियो क्लब अफ हेटौंडा मुक्तिनाथ मल्टीभिजनको कोषाध्यक्ष अशोक सिंहको जन्मदिनको अवसरमा लियो क्लब अफ हेटौडा मुक्तिनाथ, लियो क्लब अफ हेटौंडा मुक्तिनाथ मल्टिभिजन र लियो क्लब अफ हेटौंडा मुक्तिनाथ प्याराडाइजको संयुक्त आयोजनामा हेटौंडा-१४,मयुरधापमा रहेको अनाथ अपाङ्‌ग बाल पुनर्स्थापना केन्द्रमा करीब १५ हजार बराबरको खाद्यन्न वितरण गरिएको हो।

लायन्स क्लब अफ हेटौंडा मुक्तिनाथका निवर्तमान अध्यक्ष  रमेश उप्रेतीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा  लियो डिस्ट्रिक काउन्सिल ३२५बी २ नेपालका डिस्ट्रिक एडभाइजर राजन श्रेष्ठ र लियो डिस्ट्रिक काउन्सिल ३२५बी२ नेपालका प्रेसिडेन्ट एडभाइजर राहुल जलान, लियो डिस्ट्रिक काउन्सिल ३२५बी२ अन्तर्गत को रिजन-६ का रिजनचिफ सुदिन पौडेल,लियो क्लव अफ हेटौंडा मुक्तिनाथ मल्टीभिजनको संस्थापक अध्यक्ष तथा लियो डिस्ट्रिक काउन्सिल ३२५बी कोडिस्टृक वोमन एन्ड चिल्डेन वेल्फेयर प्रोगाम चिफ  शिखा भटराई  लगायत क्लबका अध्यक्षहरुको उपस्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*