मकवानपुरगढीको दुईवटा वडामा कांग्रेसको कार्यालय उद्घाटन

संवाददाता
७ श्रावण २०७८, बिहीबार ०८:४४

हेटौंडा \  नेपाली कांग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३९ औं स्मृति दिवसको सन्दर्भ पारेर मकवानपुर गढी गाउँपालिकाका दुई वटा वडाहरुमा नेपाली कांग्रेसको कार्यलय उद्घाटन गरिएको छ । बुधबार भएका छुट्टाछुट्टै कार्यक्रममा गाउँपालिकाका वडा नम्बर ५ भालुखोला र वडा नम्बर ६ को डुम्रेकुनामा वडा कार्यलय उद्घाटन गरिएको हो ।

गढीगाउँपालिका ५ र ६ का वडा सभापतिहरु दीर्घबहादुर थापा र रामबहादुर दंगालको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेले वडा कार्यलयहरुको उद्घाटन गर्नुभएको हो । उक्त अवसरमा वडा नम्बर ५ मा बृक्षा रोपण समेत गरिएको थियो ।

कार्यक्रममा जिल्ला सदस्य एवं संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेल, जिल्ला सदस्यहरु राजिव सुवेदी, अर्जुन दाहाल, अमृता थापा मगर, सुर्यबहादुर रुम्बा, दोर्जेलामा स्याङतान, संघीय सभापति यतिराज सापकोटा, क्षेत्रिय सचिव ओम बस्नेत, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली लगायतले समसामयी राजनिति र बीपीको जीवनीको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा राप्रपाका जिल्ला सदस्यद्वय बद्रीप्रसाद अधिकारी र अर्जुनबहादुर रुम्बालगायत नेकपा र माओवादीका गरी ४५ जना कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई कार्यवहाक सभापति लामिछानेले नेपाली कांग्रेसको सदस्यता प्रदान गर्दै नेपाली कांग्रेसमा क्षमता र कार्यदक्षताको आधारमा उचित स्थान दिने प्रतिवद्धता व्यक्त गरे ।

219439012_242592200806408-1626873176.jpg

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*