मकवानपुरगढीको इच्चुङ र वखरडाँडा जोड्ने झोलुङ्गे पुलको उद्घाटन

संवाददाता
७ श्रावण २०७८, बिहीबार ०८:२१

हेटौंडा \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर–८ इच्चुङ र वखरडाँडा जोड्ने झोलुङ्गे पुलको बुधबार उद्घाटन् गरिएको छ । बागमती प्रदेशसभाका सदस्य कुमारी मोक्तानले पुलको उद्घाटन् गर्नुभयो । पुल नहुँदा पहिले यहाँका दुइवटा गाउँका नागरिकले वषौदेखि समस्या बेहोर्दै आएका थिए ।

झोलुङ्गे पुल निर्माण भएपछी स्थानीयलाई धेरै सहज भएको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाँईले वताउनुभयो । एक करोड रुपैयाँ लागतमा यहाँ झोलुङ्गे पुल निर्माण गरिएको हो ।

मकवानपुरगढी गाउँपालिकामा सडक निर्माण, पक्की पुल निर्माणसंगै झोलुङ्गे पुल निर्माणको कामले पनि तिब्रता पाएको अध्यक्ष हुमागाईले बताउनुभयो । वर्षायामको समयमा दुइवटा गाउँ ओहोर दोहोर गर्नका लागि निकै समस्या भएपनि झोलुङ्गे पुल निर्माण पछी सहज भएको भन्दै स्थानीय वासिन्दाहरु खुसी भएका छन् ।

कार्यक्रममा भिमफेदी गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष प्रितिलाल लामा, समाजसेवी मेम्बर लामा, मकवानपुरगढी गापाको प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनी, स्वास्थ्य प्रमुख ध्रुव लामिछाने सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता मकवानपुरगढी ८ नम्बर वडाध्यक्ष कुमार सिंह घिसिङकले गर्नु भएको थियोे । यस झोलुङ्गे पुलको निर्माणले ओखरडाडा बासी जनसमुदायलाई तरकारी लगायत कृषि उपज बजार पुर्याउन अब एक घण्टाको बाटो कम समेत भएको स्थानीय वासिन्दाहरुले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*