मकवानपुरमा पुन: एक हप्ता थपियो निषेधाज्ञा,सबै यथावत

संवाददाता
६ श्रावण २०७८, बुधबार २०:०३

हेटौंडा \  मकवानपुरमा यस अघिदेखि जारी रहेको निषेधाज्ञा पुनःथपिएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लास्तरीय कोभिड–१९ व्यस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले कोभिडको जोखिम अझै रहेकालाई साउन १४ गतेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको छ। यसअघि निषेधाज्ञाका लागि तोकिएका व्यवसाय र क्षेत्र साविक अनुसार नै संचालन हुने र  सार्वजनिक यातायात पनि अघिल्लो पटक तोकिएको समय सम्म मात्र संचालन गर्न सकिने जनाइएको छ। ७ गते सम्म थप गरिएको निषेधाज्ञा भोली सकिदै छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*