विपी स्मृति दिवस: मकवानपुरमा बिचार गोष्ठी र वृक्षारोपण

हेटौंडा \ नेपाली कांग्रेसका संस्थाक नेता एबम पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको ३९ औं स्मृति दिवसको अवसर पारेर विपी विचार समाज मकवानपुरले बुधबार विचार गोष्ठी एवं वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।
विपी बाटिका हेटौंडा ११ सरस्वतिमा भएको वृक्षारोपण एवम् विचार गोष्ठी कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका प्रमुख सल्लाहाकार रामचन्द्र अर्याल माइकलको प्रमुुख आतित्थ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले विपीको बिचार आजपनि उत्तिकै समसामयिक र सान्दर्भिक रहेको बताए । उनले देश जनताको मुहार फेर्ने हो भने आजको राजनीति विपीको विचारमा हिड्नुपर्नेमा जोड दिए ।
विपी विचार समाज मकवानपुरका अध्यक्ष विनोदचन्द्र काईरालाको सभाध्यक्षतामा भएको कार्यक्रममा जिपी फाउन्डेशन मकवानपुरका अध्यक्ष नारायण लम्साल, विपी विचार समाज मकवानपुरका सल्लाहकार कृष्णप्रसाद कोइराला, उपाध्यक्ष प्रदिप कोइराला, बर्तौला गुठीका सचिव ज्ञानेन्द्र बर्तौला लगाएतले विपीको बारेमा चर्चा गरेका थिए । विभिन्न जातका २ सय प्रजातिका बिरुवा रोपिएको कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।