कोरोनाका कारण फिल्म निर्देशक विशारद बस्नेतको निधन

संवाददाता
१९ असार २०७८, शनिबार १५:५३

चलचित्र निर्देशक विशारद बस्नेतको निधन भएको छ । कोरोनाको कारण उनको शुक्रबार निधन भएको हो । काठमाडौको मेडिसिटी अस्पतालमा कोरोनाको उपचारको क्रममा बस्नेतको निधन भएको परिवार स्रोतले जनाएको छ ।

हेटौंडाका निर्देशक बस्नेत कलाकार समेत हुन् । निर्देशक बस्नेतले ‘मिस्टर भर्जिन’ र ‘न यता न उता’ नामक दुई चलचित्रको निर्देशन गरेका छन् । लामो समय मुम्बई बसेर संघर्ष गरेका बस्नेतले चलचित्र ‘सुश्री सम्पती’ समेत अभिनय गरेका थिए ।

एसएलसी दिए पश्चात मुम्बइ पुगी आइपीटिए संस्थामा नाटक प्रशिक्षण लिएर मुम्बईको रंगमञ्च हुदैं नेपाली चलचित्रमा समेत अभिनय गरेका छन् ।

बस्नेतले कोरोनाको कारण केही अगाडि पिता समेत गुमाएका थिए । निर्देशक बस्नेतको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । उनको निधन प्रति बिभिन्न फिल्मकर्मीले सामाजिक संजाल मार्फत श्रद्धाञ्जली ब्यक्त गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*